पोखरामा लिटरेचर फेस्टिभल, वक्तामा केपी ओली
पाेखरा | मंसिर २२, २०७९
तस्बिरः निरज भारीको फेसबुकबाट
पोखराः बुक वर्म फाउण्डेशनको आयोजनामा हुने लिटरेचर फेस्टिभललाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आउने भएका छन् ।
फाउण्डेशनको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा सञ्चालन हुने १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री ओली पोखरा आउने भएका हुन् ।
ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए । भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् ।
फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको बिहिबार फेसबुकमा पोस्ट गरेका छन् । (नेपाल लिटरेचर फेस्टिभल)को दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’
फेस्टिभलमा आउँदो पुस ७ गते हामीले ओलीज्यूको गैर-राजनीतिक व्यक्तित्वबारे सुन्नेछौं ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

